
विगत लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समिर आचार्यका सांगीतिक कोशेलीका कारण उनी विश्वमाझ रहेका नेपालीमाझ परिचित बन्दै गएका छन् । ‘हैन भन्देउन, मेरो दुनियाँ बेग्लै छ, तम्लाइ चट्ट सलाम छ, कुटुकुटु यो मुटु खानो भो’ लगायतका गीत बजारमा ल्याएर चर्चा पाएका समिरले फेरि नयाँ गीत सार्वजनिक गरेका छन् ।
१० बर्षदेखि अष्ट्रेलियामा बस्दै आएका गायकले ‘घीनघीन बज्यो मादलु’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । टप्पा भाकामा यो गीत तयार पारिएको उनले बताएका छन् । अष्ट्रेलियामै रहेको चर्चित डान्स ग्रुप ‘द नेक्स्ट टीम’सँग सहकार्य गर्दै उनले यो गीतको भिडियो तयार पारेका छन् । 
यो गीतको संगीत, गायनपक्ष उत्कृष्ट छ । ‘गीत सुन्दा नै दर्शकलाइ नाच्न मन लाग्छ’, समिरले भने । प्रदिप लामाको कोरियोग्राफी रहेको यो गीतमा अभियान थापाको छायांकन तथा सम्पादन छ । यो गीतको भिडियोमा प्रदिप लामा, अमित बज्रचार्य, सुरक्षा थापा, प्रभा दवाडी, साजिया मिया लगायतले नृत्य गरेका छन् ।
प्रतिक्रिया 4