Comments Add Comment

लण्डन ट्रेनमा विस्फोट, १८ जना घाइते

३० भदौ, काठमाडौं । लण्डनको दक्षिण पश्चिम इलाकामा भूमिगत ट्रेनमा विस्फोट भएको छ । घटनामा कम्तिमा १८ जना घाइते भएका छन् ।

यसलाई एक चरमपन्थी घटनाका रुपमा हेरिएको छ ।

प्रहरीका अनुसार विस्फोटमा इम्प्रुवाइज्ड एक्सप्लोसिभ डिभाइस अर्थात आईईडीको प्रयोग भएको पाइएको छ ।

अधिकारीहरुका अनुसार विस्फोटपछि यात्रुहरुबीच भागदौड मच्चिएको थियो, जसका कारण केही घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment