Comments Add Comment

गुडबाई कसिनी: अन्तरिक्ष यानले पुरा गर्‍यो २० वर्षे यात्रा

३० भदौ, वासिङ्टन । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले प्रक्षेपण गरेको अन्तरिक्ष यानले शुक्रबार २० वर्षको यात्रा पुरा गरेको छ ।

कसिनी नाम दिइएको उक्त यान शनि ग्रहको अन्तरिक्षमा प्रवेश गरेर नष्ट हुने क्रममा छ । उक्त यान अमेरिकाको फ्लोरिडाबाट सन् १९९७ मा प्रक्षेपण गरिएको थियो ।

६ दशमलव सात मिटर लम्बाइको यानले २० वर्षे यात्राका दौरान एक अर्ब २० करोड किलोमिटर पार गरेको छ । त्यस क्रममा शनि ग्रहको अन्वेषणमा महत्वपूर्ण उपलब्धी दिएको छ ।

सन् १९९७ मा प्रक्षेपण गरिएको अन्तरिक्ष यानले शनि ग्रह र उसका उपग्रहहरुका साढे चार लाखभन्दा बढी तस्बिर खिच्यो

ऐतिहासिक यात्रापछि नष्ट हुने केही समयअघि मात्र उक्त यानले धर्तीमा आफ्नो अन्तिम सन्देश पठाउने छ ।

सन् २००४ मा शनि ग्रहमा पुग्न उक्त यानलाई सात वर्ष लागेको थियो । ग्यासले भरिएको विशाल ग्रहमा यसले दुई सयभन्दा बढी फन्को मारेको थियो । त्यस क्रममा शनि र उसका उपग्रहहरुका चार लाख ५० हजारभन्दा बढी तस्बिर खिचेर पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment