Comments Add Comment

न्युजिल्याण्डकी प्रधानमन्त्रीको उदार दिल विश्वभर छायो

४ चैत, काठमाडौं । न्युजिल्याण्डको क्राइस्टचर्चको दुई मस्जिदमा भएको ‘आकंतवादी आक्रमणले विश्वलाई दुःखी बनायो । तर, त्यहीको एक तस्वीरले यो नाकारात्मक सकारात्मक अपेक्षा जगाएको छ ।

यो तस्वीर प्रधानमन्त्री ज्याकिन्डा आर्डेनको हो । देशमा मुस्लिम र आप्रवासीविरुद्ध बढ्दो घृणाका बीच प्रधानमन्त्री आर्डेनले आक्रमणमा मारिएकाहरुको परिवारलाई भेटेकी छन् र विश्व राजनीतिमा मानवताको सन्देश दिएकी छन् ।

उनले मुस्लिम परिवार कहाँ हिजाब पहिरिएर गएकी थिइन् । उनले अंकमाल गरिन् र मारिएकाहरुप्रति श्रद्धान्जली दिए । उनको अनुहारमा पीडा झल्कन्थ्यो ।

यो तस्वीरले विश्वको ध्यान तान्यो । ट्वीटरमा मानिसहरुले ‘आतंकका बीच सकारात्मक राजनीतिको अनुहार’ भनेका छन् ।

पीडित परिवारलाई भेटेपछि प्रधानमन्त्री आर्डेनले भनेकी छन्, ‘हामी विविधिता, करुणा र दयाको प्रतिनिधित्व गर्छौं । यो देश उनीहरुको घर हो, जसले हाम्रो मूल्य मान्यतालाई स्वीकार गर्छन् । यो ती शरणार्थीहरुको घर हो, जसलाई यसको आवश्यकता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment