Comments Add Comment

रहिनन् गीतकार वसन्ती लालचन

१ असोज, पोखरा । गीतकार वसन्ती लालचनको निधन भएको छ । उनको उपचारको क्रममा शनिबार मध्याह्न मेदान्त अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

फोक्सोमा पानी जमेर अवस्था जटिल बन्दै गएपछि उनलाई उपचारको लागि भारतको मेदान्त अस्पताल लगिएको थियो ।

लालचनले ‘क्या राम्रो स्याउबारी मार्फा गावैं’मालगायत आधा दर्जन गीत लेखेकी थिइन् ।

भारतबाट आइतबार नेपाल ल्याउन लागिएको उनको पार्थिव शरीरलाई पोखरा नयाँबजारस्थित लालचन निवासमा केहीबेर राखेर अन्त्येष्टि गर्ने तयारी भएको पारिवारिक स्रोतले बताएको छ ।
स्वर्गीय लालचनका १ छोरा र २ छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment