Comments Add Comment

आठ करोडको लगानीमा ‘बहुपति’को कथामा ‘सूर्योदय’ बन्ने


निर्देशक आकाश अधिकारीले ९ बर्ष अगाडि घोषणा गरेको एक चलचित्र अब निर्माण गर्ने भएका छन् । ‘सूर्योदय’ नाम राखेर उनले निर्माण तथा निर्देशन गर्न लागेको यो चलचित्र बन्दैन कि बन्ने अड्कल पनि काँटिएको थियो । तर, ‘द स्काइ मुभिज’ले अब यो चलचित्र निर्माण गर्ने भएको छ ।

‘घरको जेठो दाइले बिहे गरेको यूवतीलाइ, बाँकी भाइहरुले आफ्नै पत्नी मान्नुपर्ने’ ‘बहुपति’ प्रथाको कथामा यो चलचित्र बन्नेछ । निर्देशक अधिकारीले कथावस्तुको अध्ययनका लागि लामो समय लागेको बताए । उत्तर पूर्वी डोल्पा र उत्तर पश्चिम मनाङ, मुस्ताङमा व्याप्त रहेको ‘बहुपति’ प्रथाको कथामा यो चलचित्र बन्न लागेको हो । यही चलचित्र निर्माणका लागि आकाशले नेपालमै पहिलो पटक रेड क्यामेरा भित्राएका थिए ।

पछि, यो चलचित्रले ‘काठमाण्डौ’ नामक चलचित्र खिचिएको थियो । यो चलचित्र निर्माणमा द स्काइ मुभिजसँग अन्य ५ विदेशी संघसंस्थाले सहकार्य गर्नेछन् । आकाश अहिले चलचित्र ‘कान्छी’को निर्देशनमा व्यस्त छन् । यसपछि, उनले यो चलचित्रको छायांकन सुरु गर्नेछन् । ८ करोडको बजेटमा यो चलचित्र निर्माण हुने निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment