५ असोज, पर्सा । पर्साको पटेर्बासुगौली गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षामा नेपाली कांग्रेस विजयी भएको छ ।
एमालेका हरिनारायण चौधरी २९५७ मत ल्याएर ८२ मत अन्तरले अध्यक्षमा विजयी भएका हुन् । कांग्रेसका दिनेश चौधरीले २८७५ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा भने कांग्रेसकी ममता चौधरीले ३२५७ मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिद्वन्दी एमालेकी सन्जु चौधरीले २७८९ मत ल्याएकी छन् ।
५ वटा वडा रहेको गाउँपालिकामा एमाले र कांग्रेसले २/२ वडा जितेका छन् भने संघीय फोरमले एउटा वडामा जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4