Comments Add Comment

रक्सीका बोतल फ्याँक्दा यस्तो भयो समुद्री तट

रुसको उसुरी खाडीस्थित समुद्री तटीय क्षेत्रमा जँड्याहाहरुको यस्तो जमघट हुन्थ्यो कि फ्याँकिएका रक्सीका बोतलका कारण समुद्री तट नै काँचले छोपियो ।

सोभियत शासनकालमा सरकारले उक्त तटीय क्षेत्रलाई खतरनाक घोषणा गरी त्यहाँ मानिसहरुलाई जान प्रतिबन्ध लगाएको थियो । त्यसपछि त्यहाँ फ्याँकिएका काँचका बोतल तथा टुक्राहरु हिउँले छोपिएर मूल्यवान पत्थरजस्तो आकारमा बदलिए ।

समुद्री तटमा मानिसलाई जान रोक लगाएसँगै सरकारले त्यहाँ अन्य क्षेत्रबाट समेत लगेर धेरै काँच डम्पिङ गर्यो । पर्यावरण तथा सामुद्रिक जीवका लागि खतरनाक हुने भन्दै त्यसको विरोध पनि भयो । तर सरकारले सुनेन ।

समुद्री तटमा डम्प गरिएको हजारौं टन काँच समुद्री छालसँग ठोक्किँदा ठोक्किँदा र त्यहाँको वातावरणमा लामो समय रहँदा रंगीन पत्थरजस्तै बन्यो ।

वर्षाैंपछि उक्त तटीय क्षेत्रमाथिको प्रतिबन्ध फुकुवा भयो र मानिसहरु त्यहाँ पुनः जान थालेका छन् । अहिले यो विश्वका सबैभन्दा सुन्दर ठाउँहरु मध्येको एक हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment