Comments Add Comment

दुर्घटना न्यूनिकरण गर्न गुल्मीका सड्कमा ऐना

३० असोज, गुल्मी । दुर्घटना न्यूनिकरण गर्न भन्दै गुल्मीका सड्कमा ऐना राखिएको छ ।

जिल्लाको सदरमुकाम तम्घासदेखि रिडीसम्म रहेका अति जोखिमपूर्ण घुम्तीहरुमा ऐना राखिएको हो ।

तम्घास-रिडी-बुटवल सड्क अन्र्तगत सदरमुकामसम्म जोड्ने अति व्यस्त सड्कमा दुर्घटना न्यूनिकरण गर्नको लागि ऐना राख्ने काम सुरु गरिएको छ ।

सड्क डिभिजन कार्यालय पाल्पाको आर्थिक सहयोग र जिल्लास्थित ट्राफिक कार्यालय, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला प्रहरी कार्यालय लगायतको पहलमा उक्त ऐना राख्ने काम भएको हो ।

तम्घासदेखि रिडीसम्म ६५ किलो मिटर सड्कमा पर्ने अति जोखिमपूर्ण अबस्थामा रहेका घुम्तीहरुमा सड्क ऐना राखिने जिल्ला ट्राफिक कार्यालय गुल्मीका जवान भरत गुरुङ्गले जानकारी दिए ।

पहिलो चरणमा सवारी आवत जावत गर्ने क्रममा घुम्तीहरुमा सवारी साधन आएको नदेखिने अबस्थामा रहेका घुम्टीहरुमा हालसम्म १४ वटा सड्क ऐनाहरु राखिएको सड्क डिभिजन कार्यालय कार्यालय पाल्पा सूचना अधिकृत पबित्रामणी आचार्यले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा अति जोखिमपूर्ण ठाउँमा राख्ने काम भएको जानकारी दिए ।

तम्घासबाट रिडीसम्मका जोखिम ठाउँहरुमा थप गरेर राखिने आचार्यले बताए । सदरमुकाम तम्घासबाट सुरुवात गरिएकोमा हाल बिरवाससम्म ऐना राखिएको छ ।

सड्कमा राखिएका ऐनाको मूल्य फिटिङ्गसहित एक वटाको २५ हजार रहेको छ । ऐनाको सीसा ढुंगाले हान्दा समेत नफुट्ने खालको रहेको छ ।

केही समय अघि राख्ने काम भएपनि २ वटा ऐना तोडफोड भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment