Comments Add Comment

विजय गच्छदारले गद्दारी गरेको मधेसका जिल्ला अध्यक्षहरुको आरोप

धनुषाको सिंगै जिल्ला समिति उपेन्द्र यादवको पार्टीमा प्रवेश गर्दै

३१ असोज, वीरगन्ज । बिजयकुमार गच्छदारले कांग्रेससँग पार्टी एकीकरण गरे पनि आफूहरु कांग्रेसमा सामेल नहुने अडान लोकतान्त्रिक फोरमका २ नम्बर प्रदेशका जिल्ला अध्यक्षहरुले राखेका छन् ।

 

उनीहरुले गच्छदारले मधेसमाथि धोखाधडी गरेको आरोप समेत लगाएका छन् ।

नेपाल लोकतान्त्रिक फोरमका धनुषा २ नम्बर प्रदेश अध्यक्ष तथा धनुषा जिल्ला संयोजक उमाशंकर अगरियाले मधेसवादी कुनै पार्टीसँग एकता गरेको भए आफूहरु एकतामा सहभागी हुने बताए । तर पहिचानको मुद्दा छाडेर गच्छदारले गद्दारी गरेको भन्दै उनले कांग्रेसमा नजाने बताए ।

एकीकरणप्रति असहमत धनुषाको पुरै जिल्ला कमिटीसँगै लोकतान्त्रिक फोरमका प्रभावशाली नेताहरु अब्दुल शेख जयनारायण मण्डल, रुक्मणी देवी मण्डलसहितलाई संघीय फोरमका अध्यक्ष उपेन्ऽ यादवले आज पार्टी प्रवेश राउने भएका छन् ।

यसैगरी सर्लाहीका जिल्ला अध्यक्ष रामवली राय यादवले सर्लाहीका कार्यकर्ता कांग्रेसमा नजाने बताए । उनले केन्द्रीय समितिको निर्णय बिना विजय गच्छदारले पार्टी एकता गरेकोले अब के गर्ने भन्ने जिल्लामा छलफल हुने बताए ।

सप्तरी जिल्लाका अध्यक्ष शैलेश चौधरीले पनि पार्टी एकताको निर्णय आफूहरुले मिडियाबाट थाहा पाएको बताए । उनले जिल्ला कमिटी बैठक बोलाएर निर्णय लिइने बताए ।

चौधरीले भने-सम्मानजनक समायोजन र मधेस मुद्दा सम्बोधन भए बिचार गर्न सकिन्छ । तर निःशर्त प्रवेश हुँदैन ।

फोरम लोकतान्त्रिकका रौतहट जिल्ला अध्यक्ष मनोज शर्माले पनि पार्टी निर्णयबाट एकीकरण नभएकाले आफूहरु सहभागी नभएको बताए । उनले पार्टीमा छलफल गरेर के गर्ने भन्ने टुंगो लगाउने बताए ।

बारा जिल्ला उपाध्यक्ष सुरेश गुप्ताले संस्थागत निर्णय बेगर राष्ट्रिय अध्यक्ष गच्छदारले कांग्रेस प्रवेश गरेकाले आफूहरु पछि पछि नलाग्ने प्रतिक्रिया दिए ।

त्यस्तै पर्सा जिल्ला अध्यक्ष राजु गुप्तालेले भने आफू बिजय गच्छदारले गरेको पार्टी एकताको पक्षमा रहेको बताए । उनले भने- लोकतन्त्र बचाउन लोकतान्त्रिक पार्टीहरु एक हुनुपर्ने अवस्था अखाएको छ ।

राजपाबाट वीरगन्जको मेयरमा टिकट नपाएपछि नेपाल लोकतान्त्रिक फोरम प्रवेश गरेका बिमल श्रीबास्तब शशी कपुर मिया, पुरुषोत्तम झा लगायतले लोकतान्त्रिक फोरम कांग्रेससँग एकता गरे पनि आफूहरु कांग्रेस प्रवेश नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment