Comments Add Comment

नेपाल इन्भेष्टमेण्ट र भारतको एक्सेस बैंकबीच रेमिट्यान्स सम्झौता

१ कात्तिक, काठमाडौं । भारतमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र भारतस्थित एक्सेस बैंकबीच रेमिट्यान्स कारोबार गर्ने सम्झौता भएको छ ।

भारतमा रहेका नेपालीसँग पैसा हुँदापनि आवश्यक पर्दा नेपालमा रहेका निजका परिवार तथा आफन्तले रकम लिन नसक्दा समस्यामा परेकाहरुलाई नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा ँपृथ्वी रेमिटूमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

नेपालीहरुले भारतस्थित एक्सेस बैंकको कुनैपनि शाखामा गएर एकपटक फाराम भरेपछि बैंकले दिने कार्ड प्रयोग गरेर यो सुविधा लिन सक्नेछन । प्रत्येक महिना ५० हजारका दरले वर्षको १२ पटकसम्म नेपालमा पैसा पठाउन सकिन्छ ।

एक्सिस बैकबाट पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट तुरुन्त प्राप्त गर्न सकिनेछ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्तगर्न यो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ ।

देशका विभिन्न ठाउँमा रहेका ६१ वटा शाखा र ९९ वटा एटिएम मार्फत आफ्नो सेवादिइरहेको नेपालइन्भेष्टमेण्ट बैंक र भारतस्थित एक्सिस बैंकबीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकमपठाउन र लिन सहज बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment