Comments Add Comment

पाँच अमेरिकी पूर्वराष्ट्रपति एकैठाउँ

५ कात्तिक, टेक्सास । अमेरिकाका जीवित पाँच पूर्व राष्ट्रपतिहरु एकसाथ समुद्री आँधीबाट प्रभावितहरुको सहयोगमा जुटेका छन् ।

उनीहरु दक्षिणी राज्य टेक्सासमा आयोजित कन्सर्टमा सहभागी भए । र, आँधी प्रभावित परिवारका लागि सहयोग गर्न सहभागीहरुलाई आह्वान गरे ।

बाराक ओबामा, जर्ज डब्लू बुस, बिल क्लिन्टन, जर्ज बुस र जिम्मी कार्टर एकसाथ देखिएका हुन् । उनीहरुमध्ये बुस बाबुछोरा रिपब्लिकन पार्टीबाट राष्ट्रपति बनेका थिए भने ओबामा, क्लिन्टन र कार्टर डेमोक्र्याट पार्टीबाट । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने कार्यक्रममा सहभागी भएनन् । सन्देश पठाएर औपचारिकता मात्र निर्वाह गरे ।

हार्वे नामक समुद्री आँधीबाट इर्मा र मारिया नामक स्थानमा अर्बौं रुपैयाँ बराबरको विनास भएको छ । पूर्वराष्ट्रपतिहरुले हालसम्म तीन करोड १० लाख डलर पीडितको सहयोगका लागि संकलन गरिसकेका छन् ।

उनीहरुले अहिलेसम्म ३१ मिलियन डलर जम्मा गरिसकेका छन् ।

पि्र रेकडेड म्यासेजमार्फत बराक ओबामाले भने पूर्व राष्ट्रपतिको रूपमा, हामी हाम्रा सँगी अमेरिकि लाई सहयोग गर्न मद्दत गर्न चाहन्छौं ।

ली ग्रीनवुड, र लेडी गागाले प्रस्तुतीदिनु अघि पाँचै पूर्व राष्ट्रपतिहरु राष्ट्रिय गानको लागि स्टेजमा जम्मा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment