Comments Add Comment

दोलखामा एमाले नेता बने मालेको प्रदेशसभा उम्मेदवार

पशुपति चौलागाईले आफ्नो टिकट खोसेको गुनासो

लालकुमार केसी

एमालेका ३ नम्बर प्रदेश कमिटी सदस्य एवं पार्टीका प्रभावशाली नेता केसी प्रदेश (ख) को उम्मेदवारका लागि सिफारिस भएका थिए । ०५४ सालमा दोलखा जिल्ला विकास समितिको सभापतिसमेत बनेका केसी ०६४ र ०७० मा पनि सभासदको दाबेदार थिए ।५ कात्तिक, दोलखा । टिकट वितरणमा पार्टीले अन्याय गरेको र पटक-पटक आफूलाई धोका दिएको भन्दै दोलखाका एमाले नेता लालकुमार केसी आइतबार सीपी मैनाली नेतृत्वको नेकपा मालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश लगत्तै उनी नेकपा मालेको तर्फबाट उम्मेदवार बनेका छन् ।
एमाले नेता चौलागाई प्रतिनिधिसभाको उम्मेदवारका दाबेदार थिए । तर, केपी ओली पक्षका प्रभावशाली युवा नेता पार्वत गुरुङले दोलखामा प्रतिनिधिसभाको टिकट पाएपछि चौलागाई प्रदेशसभा भए पनि नछाड्ने भन्दै आफ्नो क्षेत्र छाडेर अर्को क्षेत्रमा उम्मेदवार बन्न पुगेका हुन् ।तर, दुवै चुनावमा आनन्द पोखरेलले टिकट पाएपछि केसीप्रति एमाले कार्यकर्ताको सहानभूति थियो । उनले यसपटक टिकट पाउने सम्भावना थियो । तर, अन्तिम घडीमा पोलिटव्यूरो सदस्य पशुपति चौलागाई प्रदेश (ख) को उम्मेदवार बन्न काठमाडौंबाट दौडेर दोलखा पुगेपछि केसीले टिकट पाएनन् ।

चौलागाईले टिकट पाएलगत्तै आफूमाथि बारम्बार अपमान भएको भन्दै केसीले विद्रोह गरेका हुन् । आफू स्वतन्त्र उम्मेदवार बन्न नचाहेरै कम्युनिस्ट पार्टीको तर्फबाट चुनाव लडेको उनले प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment