Comments Add Comment

साफ महिला : श्रीलंकाविरुद्ध नेपालको दोस्रो गोल

६ चैत, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध २–० गोलको अग्रता बनाएको छ ।

खेलको ७३ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाएकी हुन् । उनको यो प्रतियोगितामा पहिलो गोल हो ।

यसअघि नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । नेपालकी पुनम जर्घामगरले ४२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनले सावित्राको हेड पासमा गोल गरेकी थिइन् ।

खेलको सुरुदेखि नै आक्रमक खेलेका नेपालले १० औं मिनेटमा कर्नर पायो । अनिता बस्नेतले प्रहार गरेको कर्नर कप्तान निरु थापाले हेड गर्दै गोल गर्ने प्रयास गरेकी थिइन् । तर बल पोष्टको केही माथिबाट बाहिरिएको थियो ।

१६ औं मिनेटमा सावित्रा भण्डारीले सशक्त प्रहार श्रीलंकाकी गोलकिपर अयोमी विजयरत्नेले बचाइन् ।

विराटनगरको शहीद रंगशालामा एकपछि अर्को गोल गर्ने अवसर निकालेको नेपालले थुप्रै मौका गुमाएको थियो । खेलको ३५ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले प्रहार गरेको बल पोष्टको नजिकैबाट बाहिरिएको थियो ।

३६ औं मिनेटमा भने श्रीलंकाले पनि गोल गर्ने राम्रो अवसर खेर फाल्यो । श्रीलंकाकी कप्तान इरान्दी लियानगले वान भर्सेस वानमा चुकेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment