Comments Add Comment

विनोद, सन्दिप, करण र आरिफमाथि लाग्यो १ लाख ७५ हजारको बोली

६ काात्तिक, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)को अक्सनमा राष्ट्रिय टोलीका चार सदस्य विनोद भण्डारी, सन्दिप लामिछाने, करण केसी र आरिफ शेखमाथि महंगो बोली लागेको छ ।

सोमबार भएको अक्सनमा उनीहरुमाथि १ लाख ७५ हजारको बोली लागेको छ । आरिफलाई भैरहवा ग्लाडिएटर्स, करणलाई विराटनगर वारियर्स, सन्दिपलाई ललितपुर र विनोलाई पोखरा राइनोजले किनेको छ ।

विनोद, सन्दिप र आरिफमा एक भन्दा बढी टिमले १ लाख ७५ हजारको बोली लाएपछि चिठ्ठा गरिएको थियो ।

भैरहवाले प्रदिप ऐरीलाई १ लाख ६० हजार, कृष्ण्न कार्की र भुवन कार्कीलाई समान १ लाख २५ हजार, रोहित पौडेललाई ९५ हजार, प्रकाश केसी र दिपेश श्रेष्ठलाई समान ७५ हजार, भुपेन्द्र थापा र हरि शंकर साहलाई ६० हजार र अविनाश बोहारालाई ५० हजारमा अनुवन्ध गरेको छ ।

बिरानगर बारियर्सले बसन्त रेग्मीलाई १ लाख ६० हजार, आसिफ शेखलाई १ लाख २५ हजार, अनिलकुमार साहलाई १ लाख ५ हजार र अभिनाश कर्णलाई १ लाखमा भित्र्याएको छ । यस्तै पुष्प थापा, प्रनित थापा मगर र रामनरेश गिरीलाई समान ७५ हजार, सुमित महर्जनलाई ६० हजार र अकास विष्टलाई ५० हजारमा बिराटनगरमा अनुवन्धित भएका छन् ।

चितवनले पृथु बास्कोटालाई १ लाख ४० हजार, साहब आलमलाई १ लाख २५ हजार र ललित भण्डारी १ लाख २५ हजारमा अनुबन्ध गरेको छ ।

यागेन्द्र कार्की १ लाख ५ हजार, सुवास खकुरेल १ लाख, सन्दिप सुनार, दिलिप नाथ र सुनम गौतम समान ७५ हजार र कमल सिंह ऐरी र भिम सार्की समान ५० हजारमा चितवनमा आवद्ध भएका छन् ।

अक्सनमा सागर पुन काठमाडौंका महंगो खेलाडी बने । उनी १ लाख ५० हजारमा अनुवन्धित हुँदा सुशील कँडेल १ लाख २५ हजार, जितेन्द्र मुखिया र नरेश बुढायर समान १ लाख २० हजार र सिद्धान्त लोहनी १ लाख १५ हजारमा टिममा आवद्ध भए । राजु रिजालम ९५ हजार, अमर सिंह रौतेला ७५ हजार, विक्रम भुसाल ७० हनार र पुरन विक ५० हजारमा अनुवन्धित भए ।

ललितपुरले मेहबुब आलमलाई १ लाख ५० हजार खर्चिएको छ भने पवन शरार्फ र कुशल भुर्तेललाई १ लाख ३५ हजार, ललित राजवंशीलाई १ लाख ५ हजार तिरेको छ । यस्तै राजिव सिंह ८५ हजार, शंकर राना ७५ हजार, सुन्दिप जोरा ५५ हजार तथा सोनु तामाङ र रसिद खान समान ५० हजारमा ललितपुरमा आवद्ध भए ।

सौरभ खनाललाई १ लाख २५ हजारमा किनेको पोखराले राजेश पुलामीलाई १ लाख २० हजार, सुनिल धमला र किशोर महतोलाई १ लाख १५ हजार र सुुशन भारीलाई १ लाख ५ हजार तिरेको छ । विक्रम शोव ७५ हजार र भुपेन खत्री, नुरध्वज शेन र सन्तोष भट्ट समाान ५० हजारमा अनुबन्धित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment