Comments Add Comment

म्यादी प्रहरीका लागि चौरमा लिखित परीक्षा

७ कात्तिक, गुल्मी । आगामी मंसिरमा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाको लागि म्यादी प्रहरी छनोट चलिरहेको छ । गुल्मीमा म्यादीप्रहरीको छनोट कात्तिक ५ गतेबाट भइरहेको छ ।

पहिलो चरणमा फिजिकल लगायतमा पास भएकाहरुले मंगलवार गुल्मीको सदरमुकाम तम्घासको चिदीचौरमा सामुहिक लिखित परीक्षा दिएका छन् ।

लिखित परीक्षाको लागि ३० मनेटको समय छुट्टाइएको थियो । खेलमैदानमा लामबद्ध भएर परिक्षा दिइरहेका परिक्षार्थीहरु हेर्न सर्बसाधरणको समेत घुईंचो लागेको थियो ।

सदरमुकामा रहेको खेलमैदानमा छनोट भएर आएका १ हजार ४ सय २६ जनाले लिखित परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जम्मा १ हजार ८४ जना आवश्यक रहेकोमा दोब्बर भन्दा बढी २ हजार २ सय ४४ जनाको आवेदन परेको थियो । जस मध्ये पुरुषको संख्या १८ सय ५३ र महिलाको संख्या ३ सय ९३ रहेको छ ।

दुई वर्ष बैदेशिक रोजगारी गरी घर आएका वीरवास भट्टेचौरका केयरसिंह राकस पनि म्यादी प्रहरीमा भर्नाका लागि परीक्षा दिँदै थिए । ‘देशमै रोजगारी पाए कसलाई बिदेशिनु मन छ र ?’

युवाहरु मध्ये धेरै जसो कक्षा १० उतिर्ण गर्न नसकेका र केहि गरेका छन् भने युवतीहरु स्नातकको परिक्षा दिएर बसेका बढी छन् । वेरोजगारीको समस्याले म्यादी प्रहरीमा आएको युवाहरुले भनाई छ ।

गुल्मीको म्यादी प्रहरीमा छिमेकी जिल्ला अर्घाखाँचीबाट पनि आएका छन् । लिखित परिक्षा दिएका मध्ये मंगलवार साँझसम्म कपीजाँच गरेर रिजल्ट निकाल्ने तयारी गरिएको गुल्मीका प्रहरी उपरिक्षक अनुरामकुमार द्विबेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment