Comments Add Comment

महिलाहरुले निर्माण गरे आर्यघाटमा प्रतिक्षालय

७ कात्तिक, जाजरकोट । महिलाहरुको सक्रियतामा आर्यघाटमा प्रतिक्षालय निर्माण गरिएको छ ।

शव जलाउन लामो बाटो हिँडेर आर्यघाटमा पुग्नु पर्ने भएकोले मलामीहरुलाई आराम गर्न प्रतिक्षालय निर्माण गरिएको हो ।

कुशें गाउँपालिका-३ टापुचौरस्थित आर्यघाट नजिकै स्थानीय देवीका हमालको अगुवाईमा प्रतिक्षालय निर्माण गरिएको छ ।

शव बोकेर आर्यघाट पुग्न झण्डै चार/पाँच घण्टा हिड्नुपर्ने भएकोले मलामीका लागि आराम गर्न आर्यघाट नजिक प्रतिक्षालय निर्माण गरिएको स्थानीय मैमा हमालले बताइन् ।

प्रतिक्षालय निर्माणका लागि साबिकको अछार्नी गाविसबाट ३० हजार, टालेगाउँ गाविसबाट २० हजार र स्थानीय देवीका हमालको व्यक्तिगत २० हजार गरी जम्मा ७० हजारमा आर्यघाट निर्माण गरिएको हो ।

वर्षौदेखि गाउँमा कोही कसैको मृत्यु भए मलामी जादा दाजुभाइ घण्टौं हिडेर आर्यघाट पुग्नुपर्ने र लास जल्दासम्म आराम गर्ने ठाउँ नभएकोले साबिकका गाविस र आफ्नो थोरै पैसाले भएपनि आर्यघाट नजिकै प्रतिक्षालय निर्माण गरेको स्थानीय महिला अगुवा देवीका हमालले बताइन् ।

लामो दुरीको बाटोमा घण्टौं हिडेर थकान मेट्न सकिने भएको भन्दै टालेगाउँका कालीबहादुर सिंहले महिला दिदीबहिनीहरुले महत्वपूर्ण काम गरेको बताए ।

नरेश रानामगरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment