Comments Add Comment

लामखुट्टेले बनायो यस्तो हालत: ३ फिट लामो लिंग, ५ किलोको अण्डकोष

अफ्रिकी मुलुक केन्याका एक २० वर्षे युवक इन्तु न चिन्तु बने जब उनको यौनांग बढेर ३ फिट लामो बन्यो ।

होरेस ओविटी ओपियो यस्तो रोगबाट ग्रस्त बनेकि उनको लिंग भटाभट लामो हुन थाल्यो ।

मूख्य यौनांग लामो हुनेमात्र कहाँ हो र ? उनका अण्डकोष पनि फर्सीझैं बढ्न थाले । ह्ँदा हुँदा अण्डकोष नै ५ किलोका भए ।

३ फिटको लिंग र ५ किलोका अण्डकोष भएपनि उनको जीवन निकै नै कष्टप्रद बन्यो ।

उनका अनुसार, १० वर्षको उमेरमा उनको यौनांग सुन्निन थालेको थियो । सुरुमा उनले लामखुट्टेको टोकाइबाट यस्तो भएको होला भन्ने सोचेका थिए । तर जब लगातार यौनांग बढ्न थाल्यो तब चिन्ता थपियो ।

उनको यस्तो महालिंगी स्वरुपका विषयमा सोसल मिडियामा खबर भाइरल बन्यो । जसका कारण उनलाई एकजना स्थानीय डाक्टरको सहयोग प्राप्त भयो । त्यसपछि डाक्टरले उनको शल्यक्रिया गर्ने निधो गरे । अन्ततः उनको शल्यक्रिया भयो र उनको जीवन नै बदलिएको छ ।

डाक्टरहरुका अनुसार, उनलाई हामी धेरैले सुनेकै रोग लागेको रहेछ । वास्तवमा उनलाई हात्तीपाइले रोगका कारण यस्तो भएको रहेछ । सोही कारण उनको यौनांग सामान्यभन्दा २० गुणा ठूलो भएको रहेछ । यो रोग लामखुट्टेको टोकाइबाट सर्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment