Comments Add Comment

प्रदेश २: कांग्रेस, राजपा र फोरम मिले वाम गठबन्धन संकटमा

नमिले रोचक भिडन्त

१२ कात्तिक, काठमाडौं । हिमाली र मध्यपहाडी जिल्लामा सिट बाँडफाँटमा ठूलो समस्या बेहोर्नु नपरेपछि वाम गठबन्धनमा उत्साह देखिन्छ । तर, प्रदेश २ मा के होला ? एमाले र माओवादीका नेतामा अन्योल देखिन्छ ।

उक्त प्रदेशमा कांग्रेस, राजपा र संघीय समाजवादी फोरमबीच तालमेल भए वाम गठबन्धन संकटमा पर्ने अवस्था छ । उक्त गठबन्धनको लक्ष्य तराई मधेसका जिल्लाहरुमा ४५ प्रतिशत सिट सुरक्षित गर्ने भन्ने छ ।

राजपा र संघीय फोरमले साझा उम्मेदवार उठाउने सहमति गरिसकेका छन् । र, कांग्रेससँग चुनावी तालमेलका लागि वार्ता गरिरहेका छन् । वाम गठबन्धनका नेताहरुले पनि संघीय फोरमका नेताहरुसँग अनौपचारिक संवाद अगाडि बढाइरहेका छन् ।

एमालेका एक नेताले अनलाइनखबरलाई भने, ‘प्रदेश २ मा तीन वटा गठबन्धन हुने सम्भावना छ । त्यसो भएमा हामीले ४० देखि ४५ प्रतिशत सिट सुरक्षित गर्छौं ।’

उनका अनुसार प्रदेश २ मा कांग्रेस, राजपा-फोरम र वाम गठबन्धनको सम्भावना छ । यदि राजपा कांग्रेसतिर गयो भने फोरमलाई वाम गठबन्धनमा ल्याउने प्रयास हुनेछ । यसले चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाउनेछ ।

तर, एमाले र माओवादीले नचाहँदा नचाहँदै कांग्रेस, राजपा र फोरमले मोर्चाबन्दी गरेमा भने वाम गठबन्धन संकटमा पर्नेछ । कांग्रेस नेताहरुका अनुसार सर्लाही १ र ३ बाहेक सबै -३०) सिट कांग्रेस-राजपा-फोरम गठबन्धनले जित्न सक्छ ।

स्थानीय तहको मत विश्लेषण गर्दा पनि तीन दल एक ठाउँमा आएमा वाम गठबन्धनको तीन सिट मात्र सुनिश्चित देखिन्छ । ६ सिटमा दुवै गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ भने बाँकी २३ सिटमा कांग्रेस गठबन्धनको जित देखिन्छ ।

तर, कांग्रेस-राजपा-फोरमको गठबन्धन सजिलो छैन । दुवै दलले मिलेर प्रदेश २ मा मात्र प्रतिनिधिसभाको २४ सिट दाबी गरेका छन् । तर, सहमति जुटेको छैन ।

कार्यदल स्तरमा भएको वार्ता सहमतिमा नपुग्दा कांग्रेसले केही सिटमा उम्मेदवार तोकिसकेको छ । यसप्रति राजपाका नेताहरुले असन्तुष्टि समेत जनाएका छन् ।

कुन जिल्लामा कस्तो छ अवस्था ?

सप्तरी
क्षेत्र नम्बर १: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर २: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ३: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ४: कांग्रेस गठबन्धन
सिरहा
क्षेत्र नम्बर १: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर २: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ३: प्रतिस्पर्धा
क्षेत्र नम्बर ४: प्रतिस्पर्धा
धनुषा
क्षेत्र नम्बर १: प्रतिस्पर्धा
क्षेत्र नम्बर २: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ३: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ४: कांग्रेस गठबन्धन
महोत्तरी
क्षेत्र नम्बर १: प्रतिस्पर्धा
क्षेत्र नम्बर २: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ३: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ४: कांग्रेस गठबन्धन
सर्लाही
क्षेत्र नम्बर १: वाम गठबन्धन
क्षेत्र नम्बर २: प्रतिस्पर्धा
क्षेत्र नम्बर ३: वाम गठबन्धन
क्षेत्र नम्बर ४: कांग्रेस गठबन्धन
रौतहट
क्षेत्र नम्बर १: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर २: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ३: वाम गठबन्धन
क्षेत्र नम्बर ४: वाम गठबन्धन
बारा
क्षेत्र नम्बर १: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर २: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ३: वाम गठबन्धन
क्षेत्र नम्बर ४: कांग्रेस गठबन्धन
पर्सा

क्षेत्र नम्बर १: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर २: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ३: कांग्रेस गठबन्धन
क्षेत्र नम्बर ४: कांग्रेस गठबन्धन

तर, तीन दल एक नभए …

कांग्रेसले राजपा र फोरमसँग तालमेल गर्न सकेन भने प्रदेश २ को चुनावी प्रतिस्पर्धा साह्रै रोचक हुनेछ । यसबाट सबैभन्दा ठूलो घाटा कांग्रेसलाई हुनेछ ।

स्थानीय तहको मतका आधारमा प्रदेश २ को चुनाव तीन गठबन्धनमा भएमा १४ सिटमा वाम गठबन्धनको जित हुनेछ भने राजपा र फोरमले नौ सिट जित्नेछन् । तर, कांग्रेसको एक सिटमा पनि जित सुनिश्चित देखिँदैन ।

चार सिटमा त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ भने कांग्रेस र राजपा-फोरम गठबन्धनबीच तीन तथा वाम र राजपा-फोरमबीच दुई सिटमा रोचक भिडन्त हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment