Comments Add Comment

एनआईसीको मोरङ पथरीमा शाखा

१५ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंकको कात्तिक १५ गते बाट मोरङको पथरी शनिश्चरे नगरपालिका जनआन्दोलन चोकमा नयाँ शाखा सञ्चालनमा आएको छ ।

शाखाको उद्घाटन नगरपालिकाका मेयर दिलिपकुमार राईले गरेका हुन् । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया निजी क्षेत्रको अग्रणी बैंक भएको बैंकको दाबी छ ।

पथरी शाखा सञ्चालनमा आएसँगै हाल अधिराज्यभर बैंकको शाखा १ सय ३३ पुगेको छ । त्यस्तै, १ सय ४१ एटिएम काउन्टर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment