Comments Add Comment

सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने

अजय शंकर नायक, राजकिशोर यादव र राजलाल यादव (वायाँबाट क्रमशः) ।

१७ कात्तिक, सिराहा । प्रतिनिधिसभामा ४ र प्रदेशमा ८ गरी १२ निर्वाचन क्षेत्र रहेको सिरहा जिल्लामा ७ जना पूर्व मन्त्रीहरु प्रत्यक्षतर्फको प्रतिस्पर्धामा उत्रिएका छन् । पूर्व मन्त्रीहरुको भिडन्तले सिरहाको चुनावलाई अझ रोचक बनाएको छ ।

कांग्रेसका प्रखर वक्ता प्रदीप गिरीदेखि २०७० को चुनावमा प्रचण्डसँग चुनाव लडेर हारेपछि चर्चित बनेका एमाले नेता लिलानाथ श्रेष्ठसम्मले प्रतिस्पर्धा गरिरहेको यो चुनावमा पूर्वमन्त्रीहरुको लर्को नै लागेको छ । त्यसो त लहान नगरपालिकामा वर्षौंसम्म मेयर बनेका लगनलाल चौधरी पनि एमाले प्रवेश गरेर प्रदेशसभाको उम्मेदवार बनेका छन् ।

मैदानमा पूर्व मन्त्रीहरु

सिराहा क्षेत्र नम्वर १ मा पूर्वविनाविभागीय मन्त्री राजलाल यादवले उम्मेदवारी दिएका छन् । उनी संघीय समाजवादी फोरमका उम्मेदवार हुन् । यसअघि स्थानीय चुनावमा वडा सदस्य जितेका यादव जिल्ला समन्वय समितिको सभापतिका दावेदार मानिएका थिए ।

तर जिल्ला समन्वय समितिको चुनावअघि नै प्रतिनिधिसभाको चुनाव आएपछि उनी सांसदको उम्मेदवार बनेका हुन् । यादव पहिलो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनको प्रतिस्पर्धा बामपन्थी गठबन्धनबाट एमाले उम्मेदवार गंगाप्रसाद यादव र कांग्रेसका प्रदिप गिरीसँग हुने देखिएको छ ।

फोरमबाटै क्षेत्र नम्वर २ मा पूर्व पर्यटन तथा संस्कृति राज्यमन्त्री शत्रुघन प्रसाद सिंह कोइरी उम्मेदवार बनेका छन् । उनले वामपन्थी गठबन्धनका शुरेचन्द्र दाससँग प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै पूर्व आपूर्ति मन्त्री विजय कुमार यादवले सिरहा क्षेत्र नं. २ को (क) मा फोरमबाट उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रतिस्पर्धा एमाले नेता लिलानाथ श्रेष्ठसँग हुनेछ ।

त्यसैगरी माओवादी केन्द्रबाटै पूर्व स्वास्थ्य सहायक मन्त्री सुरेशचन्द्र दासले क्षेत्र नम्वर २ को प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । २०४८ देखि पटक-पटक कांग्रेसबाट टिकट पाएर जितेका दास मनोनयनको अघिल्लो दिन माओवादी प्रवेश गरेर टिकट लिएका हुन् । उनको प्रतिस्पर्धा पूर्व राज्यमन्त्री राजपा नेता शत्रुघन सिंह कोइरीसँग हुनेछ ।

त्यसैगरी राजपा अध्यक्ष मण्डलका सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले सिरहा क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनी ०६४ मा निर्वाचित भएका थिए भने ०७० मा पराजित भए ।

सिरहा ४ मै राजकिशोरसँग माओवादी केन्द्रका नेता तथा पूर्व कानून मन्त्री अजयशंकर नायकको प्रतिस्पर्धा हुने भएको छ । नायकले पनि सोही क्षेत्रमा बामपन्थी गठबन्धनबाट उम्मेदवारी दिएका छन् ।

त्यस्तै पूर्व सामान्य प्रशासनमन्त्री रामकुमार यादवले क्षेत्र नम्वर २ को प्रदेश सभा १ बाट उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment