Comments Add Comment

घोडा चढेर बाजा बजाउँदै आइफोन किन्न गए एक युवक

बेहुलाले घोडा, बाजा र जन्ती लिएर बेहुली लिन जानु त स्वभाविकै हो । तर भारतको मुम्बइका एक युवक भने जन्ती नै लिएर दुकानमा आइफोन किन्न पुगेका छन् ।

आइफोन किन्नका लागि मानिसहरु के के सम्म गर्दैनन् ? चीनमा आइफोन किन्नका लागि मानिसहरुले आफ्नै मृगौला देखि कुमारित्वसम्म बेचेका समाचार आइरहन्छन् । आइफोनको आकांक्षाले मानिसलाई जुनसुकै हदसम्म पूराउँदो रहेछ ।

भारतको मुम्बइस्थित नाउपदा जिल्लाको थाने क्षेत्रमा बस्ने पाल्लिभल नामका युवकले आफुले पहिले अर्डर गरिसकेको आइफोन एक्स लिनका लागि मोबाइल पसलसम्म पुग्न अनौठो जुक्ति अपनाए ।

उनी घोडामा चढे र मैले आइफोन एक्सलाई माया गर्छु भन्ने प्लेकार्ड बोकेका थिए । उनीसँगै जन्तीको रुपमा केही मानिस थिए भने ब्याण्डबाजाको समूहरुले पनि उनलाई फलो गरिरहेको थियो ।

थानेस्थित हरिनिवास सर्कलमा रहेको स्टोरबाट उनले शुक्रबार बेलुकी साढे ६ बजे आइफोन एक्स प्राप्त गरे भव्यरुपमा । पसल धनीले घोडामै चढेका पाल्लिभललाई नयाँ आइफोन एक्स प्रदान गरेका हुन् । एजन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment