Comments Add Comment

एनआईसी एसियाको अनलाइन बचत खाता

२७ कात्तिक, काठमाडौं । एनआईसी एसिया बैंक, आफ्ना ग्राहकहरुको माग तथा चाहनाबमोजिम एनआईसी एसिया अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ ।

अनलाइन बचत खाता देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको खाता हो । शुन्य मौज्दात मै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नम्बर प्राप्त गर्न तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने विशेषता छ ।

अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । यस बचत खाताको सुरुवातसँगै देश/विदेशमा रहेका ग्राहकहरुले उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त गर्ने कुरामा बैंक विश्वस्त छ ।

बैंकले हाल देशभर रहेका आˆना १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५भन्दा बढी पीओएस मेशिनमार्फत् उच्चस्तरिय र ग्राहक केन्दित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment