Comments Add Comment

सेयर बजारमा प्रभाव पर्ने गरी नबोल्न निर्देशन, नटेर्नेलाई दुई वर्ष जेल र तीन लाख जरिवना !


२७ कात्तिक, काठमाडौं । अब  सेयर दलाल व्यवसायी (ब्राेकर) र मर्चेन्ट बैंकरले सेयरबजारका बारेमा अनुमानका आधारमा टिप्पणी गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले एक विशेष निर्देशन जारी गर्दै शेयर बजारको उतारचढावलाई प्रभावित गर्ने सूचना सम्प्रेषण नगर्न भनेको छ ।

बोर्डले शेयर दलाल र मर्चेन्ट बैंकहरुले सेयरबजारलाई प्रभावमा पार्ने किसिमका टिप्पणी गर्न रोक लगाएको छ । बोर्डले व्यवसायिक मर्यादा रयाद राख्न सचेत गराउँदै निर्देशन नमाने कानुनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

बोर्डले निर्देशन नमाने धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ ग बमोजिम कारबाही हुने बताएको छ । यो उपदफामा निषेधित कार्य गर्नेलाई एकलाख देखि तीनसम्म जरिवाना वा दुईवर्षसम्म कैद वा दुबै सजाय हुने उल्लेख छ । सँगै त्यसबाट कसैलार्इ भएकाे हानीकाे भरपार्इ पनि गर्नुपर्नेछ ।

पछिल्लो समयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत दलाल ब्यबसायी र मर्चेन्ट बैंकरले पूर्वानुमानहरु सार्वजनिक गर्दै बजारलाई प्रभावित गर्ने क्रम बढेको छ । सेयर बजारमा चासो राख्नेहरुले पनि त्यसलाई विश्वास गर्ने अवस्था बन्दा सेयर बजार नै योजनावद्ध हस्तक्षेपहरुको पनि सिकार बन्ने स्थिति आएको छ ।

केही समययता बजारमा आउने उतारचढावबारे ब्रोकरहरुले नै सार्वजनिक अभिव्यक्ति दिने क्रम बढेपछि नै बोर्डले यस्तो निर्देशन जारी गरेको हो ।

हेर्नुस् निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment