Comments Add Comment

सिरहामा एमालेको चुनावी अभियान

१ मंसिर, सिरहा । जिल्लाको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनले चुनावी अभियान शुरु गरेको छ ।

उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा लीलानाथ श्रेष्ठ उक्त गठबन्धनबाट उम्मेदवार बनेका छन् । यस्तै, प्रदेशसभा -क) मा माओवादी नेता तथा पूर्वसामान्य प्रशासन मन्त्री रामकुमार यादव र प्रदेश -ख)मा एमालेका प्रमोद यादव चुनावी प्रतिस्पर्धामा छन् ।

स्थानीय गोला मुक्सारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार श्रेष्ठले वाम गठबन्धनले स्थिर सरकार दिएर देशलाई समृद्ध बनाउने दाबी गरे ।

आफूले पार्टी र आस्थाका आधारमा पहिले पनि कसैमाथि विभेद नगरेको र भविष्यमा पनि नगर्ने प्रतिबद्धता जनाए । सिरहाको उत्तरी क्षेत्रको पिउने पानी समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment