Comments Add Comment

चुनाव प्रचारमा प्रयोग गरिएका तीन मोटरसाइकलमा आगजनी

४ मंसिर, रसुवा । रसुवामा चुनावी प्रचारप्रसारका क्रममा आइतबार साँझ तीनवटा मोटरसाइकलमा आगजनी भएको छ ।

प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार पार्वतिकुण्ड गाउँपालिका–२ ग्रे गाउँमा तीन मोटरसाइकलमा आगजनी भएको र आगजनी गरेको आशंकामा केही व्यक्तिलाई गएराति नै नियन्त्रणमा लिई छानबिन कार्य शुरु गरिएको छ ।

यही मंसिर १० गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनामा हुन सक्ने थप घटनाप्रति सचेत रहँदै यथेष्ट रुपमा प्रहरी गस्ती बढाइएको प्रहरी निरीक्षक सिलवालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment