Comments Add Comment

‘मिस्टर झोले’को ‘ओखती’ गीतमा डान्स गर्नुहोस्, पुरस्कार जित्नुहोस्


चलचित्र ‘मिस्टर झोले’मा समावेश ‘ओखती’ बोलको गीतको कभर प्रतियोगीता आयोजना गरिएको छ । यो गीतको डान्स र ड्रामा दुबै विधामा कभर प्रतियोगीता आयोजना गरिएको हो ।

पौष २८ गतेबाट रिलिज हुने यो चलचित्रको गीतको कभर नृत्य र ड्रामा दुबै बनाएर पठाउन सकिनेछ । पौष २३ गतेसम्म इच्छुकले कभर भिडियो बनाउन सक्ने निर्माणपक्षले बताएको छ ।

यो प्रतिस्पर्धामा प्रथम हुनेले १ लाख ५५ हजार, दोश्रो हुनेले १ लाख २५ हजार, तेश्रो हुनेले १ लाख ५ हजार नगद पुरस्कार पाउनेछन् । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा कथा तथा निर्देशन रामबाबु गुरुङको छ ।

चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, वुद्धि तामाङ, प्रविण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । कालिप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको यो चलचित्रमा रवि न्यौपानेको छायांकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ । चलचित्रका कार्यकारी निर्माता रौनिक विक्रम कँडेल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment