Comments Add Comment

चिनियाँ शहरमा भएको विष्फोटमा दुईको मृत्यु

औद्योगिक सुरक्षा चीनमा चिन्ताको विषय

१० मंसिर, बेइजिङ । चीनको पूर्वी तटीय शहर निङ्बोमा आइतबार भएको विष्फोटमा परी दुई जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार चेचियाङ प्रान्तको उक्त शहरस्थित एक कारखानामा उक्त विष्फोट भएको हो, जसका कारण कारखाना रहेको भवन ध्वस्त भएको छ । कम्तिमा ३० घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भग्नावशेषबाट घेरिएका मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीले जानकारी दिए ।

चीनमा औद्योगिक क्षेत्रमा हुने विष्फोटका घटना बढ्दै जाँदा मजदूरको सुरक्षा एक प्रमुख मुद्दा बनेको छ । सरकारले औद्योगिक सुरक्षा मापदण्ड अपनाउन कडा निर्देशन जारी गर्दा पनि समस्या कम भएको छैन ।

कार्यस्थलमा हुने मृत्यु सन् २०१६ को तुलनामा सन् २०१७ मा २५ प्रतिशत कम भएको छ । तर, त्यो अझै २९ हजारको संख्यामा कायम छ । पछिल्लो विष्फोटबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

निङ्बो चीनका ठूलामध्येको समुद्रबाट हुने अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र हो । र, सवारी साधन निर्माण हुने एक मुख्य औद्योगिक क्षेत्र पनि मानिन्छ । भोल्भोका चिनियाँ मालिक गिलीको गृहनगर पनि हो यो ।

आइतबार भएको विष्फोट स्थल त्यसअघि नै खाली रहेको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । ग्यास राखिएको डब्बा विष्फोट भएर आइतबारको घटना भएको अनुमान छ । विष्फोटका कारण उछिट्टएिका झ्यालहरु एक किलोमिटर परसम्म छरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment