Comments Add Comment

ग्लोबल आइएमईको नेतृत्व सम्हाल्दै जनक शर्मा पौड्याल

१३ मंसिर, काठमाडौं । ग्लोबल आइएमइ बैंकको संचालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैंकठले यस अघि का.मु प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । लण्डनबाट एमविए गरेका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ क्षेत्रमा ३० बर्ष भन्दा बढिको अनुभव संगालेका छन् ।

उनले सन् १९८७ मा इन्ट्रि लेभल मार्फत नविल बैंकबाट आफ्नो करियर सुरु गरेका थिए । नबिल बैंकमा ११ बर्ष काम गरेपछि उनी तात्कालिन एनआइसी बैंकमा थिए । एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेलेका पौड्यालले त्यहाँ पाँच बर्ष काम गरेपछि फेरि लक्ष्मी बैक स्थापनाका लागि प्रकृया थाल्न लक्ष्मि बैंकमा गए । लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गएका हुन् ।

लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव उनीसंग रहेको छ । उनसिँग त्यहाँ साढे चार बर्ष काम गरेको अनुभव छ ।
त्यसपछि उनले तात्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम सुरु गरे । तात्कालिन ग्लोबल बैंककोको सहायक महाप्रबन्धबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा का.मु प्रमुख कार्यकारी अधिकृत हुदै उनी प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment