Comments Add Comment

शुक्रवार विदा परेपछि सानिमा इक्विटी फण्डको बिक्री समय थपियो


१५ मंसिर, काठमाडौं । सानिमा क्यापिटलले जारी गरिरहेको सानिमा इक्विटी फण्डको बिक्री अवधि थप भएको छ । अकस्मात शुक्रवार विदा परेपछि बिक्री चाँडोका मंसिर १८ गतेसम्म खुला रहने भएको हो ।

मंसिर १२ गते देखि १ अर्ब २० करोड रुपैयाँ (१२ करोड इकाई) निष्कासन गरिरहेको छ । यी इकाईको बिक्री अब छिटोमा मंसिर १८ गते र ढिलोमा मंसिर २६ गतेसम्म खुला रहनेछ ।

‘सानिमा इक्विटी फण्डले लगानीकर्ताहरुको जोखिम न्यनिकरण गर्दै बजारबाट अधिकत्तम लाभ लिने वातावरण बनाउने हाम्रो अपेक्षा छ, हाल सेयर बजार न्युन विन्दुबाट वृद्धि हुँदै गएकोले सात वर्षको अवधिमा लगानीकर्ताहरुलाई राम्रै प्रतिफल दिन हामी सक्षम हुनेछौं,’ सानिमा क्यापिटलका इन्भेष्टमेन्ट प्रमूख मन्दिप लुइटेलले भने ।

यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सकिने व्यव्स्था गरिएको छ । योजनामा न्यूनतम १०० इकाई अर्थात रु १ हजार देखि अधिकक्तम २४ लाख इकाई अर्थात २ करोड ४० लाख रुपैया सम्म लगानी गर्न सकिने छ ।

यो योजना सानिमा बैंकको प्रवद्र्धनमा आउन लागेको पहिलो सामुहिक लगानी कोष योजना हो । इकाइको निष्काशनको क्रममा मागभन्दा बढि आवेदन परेमा २५ प्रतिशतसम्म कोषको आकार बढाउन सकिने नीतिगत व्यवस्था छ । यसो भएमा कोषको आकार १ अर्ब ५० करोड हुनेछ । कोषमा प्रवद्र्धक र सञ्चालकको १५ प्रतिशत बिउ पुँजी रहनुपर्ने व्यवस्था छ ।

कोष मार्फत संकलित रकम लगानी क्षेत्रको रुपमा सेयर नै प्राथमिकतामा रहेको छ । यस कोष मार्फत उठ्ने रकममध्ये ८० देखि ९० प्रतिशत लगानी सेयरमा हुनेछ । बाँकी लगानी निक्षेप लगायतका अन्य वित्तीय उपकरणमा हुनेछ ।

बन्दमुखि यो योजना सेयर बजारमा सूचीकृतपछि भने हरेक दिन किनबेच गर्न सकिनेछ । यो योजनाको परिपक्व अवधि ७ वर्षको रहेको छ । कोषको लगानीमा नाफा भएमा लगानीकर्ताहरुले प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबटा पनि लगानीकर्ताले लाभ लिन सक्ने अवस्था बन्ने छ । ७ वर्षको परिपक्व अवधिमा कायम हुने अन्तिम लगानीकर्ताले कम्पनीको नेटपर्थ प्रति सेयर जति हुन्छ त्यही आधारमा आफ्नो लगानी फिर्ता पाउनेछ ।

कोषको व्यवस्थापकहरुमा चार्टर्ड एकाउन्टेन्ट तिर्थराज उपाध्याय, ललित बहादुर बस्नेत, ख्याम नारायण ढकाल, डा. हेमन्तकुमार दवाडी र माधव प्रसाद ढकाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment