Comments Add Comment

निर्वाचन प्रभावित पार्न खोज्ने ३ भारतीयसहित ११ पक्राउ

२० मंसिर, सप्तरी । बिहीवार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई प्रभाव पार्ने योजना बनाएको आरोपमा प्रहरीले तीन जना भारतीयसहित ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको नाम खुलाइएको छैन ।

निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन बिरोधी गतिविधी गर्ने उनीहरुलाई जिल्लाको बिभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए । पक्राउ परेका मध्ये ६ जना विप्लव समूहका कार्यकर्ता छन् ।

पक्राउ परेका उनीहरुको साथबाट एक थान हतियार र एक थान बम समेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment