Comments Add Comment

सिभिलको हकप्रद बिक्री खुला, मंसिर ८ सम्मका लगानीकार्ताले आवेदन दिन पाउने


२२ मंसिर, काठमाडौं । सिभिल बैंकले आज (शुक्रवार)बाट हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकको सेयरमा मंसिर ८ गतेसम्म सेयर स्वामित्व रहेका लगानीकर्ताहरुले मात्र आवेदन दिन पाउनेछन् । बैंकको सेयर बिक्री पुस २७ गतेसम्म खुला रहनेछ ।

लक्ष्मी क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ । बैंक हकप्रद सेयर जारी गरेपछि पूँजी ७ अर्ब २५ करोड रुपैयाँ पुग्ने भएको छ । बैंकले थप १० प्रतिशतले पूँजी वृद्धि गर्नु पर्ने भएको छ । बैंकले चालु आवको पहिलो त्रैमाशमा भने ११ करोड ३३ लाख नाफा कमाएको थियो ।

बैंकको सेयरमा आस्वा सेवा प्रदान गरिरहेका सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । त्यसबाहेक लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल र बैंकबाटै पनि आवेदन दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment