Comments Add Comment

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शतप्रतिशत बोनस सेयर प्रस्ताव


२३ मंसिर, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले १ सय प्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले शनिवार पत्रिकामा सार्वजनिक सुचना प्रकाशित गरेर यस्तो जानकारी दिएको छ । बैंकको बोनस सेयर पारित भएपछि चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ पुग्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ ।

बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment