२३ मंसिर, काठमाडौं । एमाले नेता निर्मल कुईँकेल दुबै संविधाानसभा चुनावमा काठमाडौं ४ मा उम्मेदवार थिए । दुबै पटक कांग्रेससँग हारे ।
पहिलो संविधानसभामा सुप्रभा घिमिरेसँग पराजित भएका निर्मल दोस्रो संविधानसभामा गगन थापासँग हारे । दुई पटकको हारपछि कुईँकेल काठमाडौं ४ राजन भट्टराईलाई छाडेर यो पटक प्रदेशसभातिर झरे ।
काठमाडौं ४ को ‘क’ मा उम्मेदवार बनेका उनी फेरि कांग्रेससँगै पराजित भएका छन् । यो क्षेत्रबाट प्रदेशसभामा कांग्रेसका नरोत्तम बैद्य विजयी भएका छन् । उनले ७८१९ मत पाएका छन् ।
निकटतम प्रतिद्वन्द्वी कुईँकेलले ७७९४ मत पाएका छन् भने विकेकशील साझ पार्टीका दिपेन्द्र श्रेष्ठ बैद्यले ३५१७ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4