+
+
Shares

सांसदलाई प्रमाण–पत्रः कसैलाई फ्रेममा, कसैलाई खाली !

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २६ गते १६:४२

२६ मंसिर, उदयपुर । उदयपुरमा प्रतिनिधिसभा सदस्यका विजयी उम्मेदवारलाई निर्वाचन आयोगले दिएको प्रमाण– पत्रको विषयलाई लिएर विवाद भएको छ ।

जिल्लाको क्षेत्र नं. १ बाट विजयी कांग्रेस नेता डा. नारायण खड्कालाई फ्रेमसहितको प्रमाण–पत्र र क्षेत्र नंं. २ नम्बरबाट निर्वाचित माओवादी केन्द्रका हिमाल किरातीलाई फ्रेमविनै प्रमाण–पत्र दिएपछि विवाद भएको हो ।

माओवादी समर्थक नेता तथा कार्यकर्ताहरुले दुई निर्वाचित सांसद्को प्रमाण–पत्रसहितको फोटोलाई सामाजिक सञ्जालमा धमाधम शेयर गरिरहेका छन् । माओवादी केन्द्रका उदयपुर जिल्ला इञ्चार्ज मोहन खत्री निर्वाचन आयोगले आफूहरुलाई विभेद गरेको बताउँछन् ।

‘सुरुमा एक जना स्थानीय पत्रकारले दुवै जनाको फोटो फेसबुकमा हाल्नु भएको थियो’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि एक जनालाई फ्रेमसहित र अर्कोलाई फ्रेमविनै दिएको थाहा भयो ।’ उनले त्यो फोटोलाई सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै क्याप्सन लेखेका छन्, ‘फरक छुट्टाउनुस् !’

यसैबीच, उदयपुरका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले भने आफूहरुले विभेद नगरेको दाबी गरेका छन् ।

‘म क्षेत्र नं. १ मा खटिएको थिएँ । मैले फ्रेमसहित सबैलाई प्रमाण–पत्र दिएँ’, उनले अनलाइनखबरस“ग भने, ‘क्षेत्र नं. २ मा अर्कै अधिकृत हुनुहुन्थ्यो । उहाँले सबैलाई फ्रेमविनै दिनु भयो होला ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?