Comments Add Comment

मेलिनाको ‘इन्द्रेणी’मा प्रेमको रंग भर्दै नीता र निराजन


गायिका मेलिना राइको आवाजमा समावेश ‘इन्द्रेणीको’ बोलको गीतको भिडियोलाई निर्देशक शान थापाले निकै मिहिनेतका साथ तयार पारेका छन् । यो गीतमा शब्द दियालो सुशन माँझीको रहेको छ भने यसलाई उत्तम जंग लिम्बुले संगीत भरेका छन् ।

भिडियोमा निराजन प्रधान र नीता ढुंगानाको जोडीलाई देखाइएको छ । चलचित्रमा आजसम्म नदेखिएको जोडीलाई भिडियोमा फिचरिङ गरिएको शानले बताए । गीतमा युवतीले कल्पना गर्ने मायाको संसारलाई चित्रण गरिएको छ । विशेषगरि यो भिडियोको चर्चा यसमा प्रयोग गरिएको मोडलहरुको पहिरनले पनि बढी छ ।

कमल मानन्धरको डिजाइनमा रहेको ड्रेसमा निराजन र नीतालाई प्रस्तुत गरिएको छ । राजिभ समरको कोरियोग्राफी रहेको गीतलाई अर्जुन तिवारी र टीमले खिचेका हुन् । मनोज जोशी प्रोडक्सन म्यानेगर रहेको यस गीतको भिडियोमा सम्पादन र कलर सुप्रिम पराजुलीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment