Comments Add Comment

रामेछापमा पूर्व वडा अध्यक्षको हत्या

१० पुस, रामेछाप । रामेछापमा एक पूर्ववडा अध्यक्षका हत्या भएको छ । आइतबार राति रामेछापको साविकको डडुवा गाविस २ का पूर्व वडा अध्यक्ष बाबुराम तामाङको हत्या भएको हो ।

दोरम्बा गाउँपालिका-१ डडुवा, थापा गाउँमा तामाङको शव हत्या गरेको अस्थामा सोमबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

उनको शव ढुंगाले थिचेर बाँस घारीमा फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए । घटनास्थल साविसकको डडुवा गाविसका वडा नं १ मा पर्छ ।

मृतक तामाङलाई आइतबार राति हत्या गरी ढुंगाले थिचेर राखेको हुन सक्ने प्रहरीको अनुमान छ । तर हत्या कसले गर्‍यो भन्ने खुलेको छैन ।

मृतक तामाङ आइतबार साँझ साथीहरुसँग तास खेल्न बसेका थिए । ४८ वर्षीय तामाङ २०५४ सालमा डडुवा गाविस २ नम्बर वडाको वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

घटनास्थलमा इन्स्पेक्टर राजेन्द्र थापाको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ । घटनास्थल दोलखा जिल्लासँग सीमाना जोडिएको क्षेत्रमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment