Comments Add Comment

कुमारीपाटीमा स्मार्ट सेन्टर

११ पुस, काठमाडौं । हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलीकमले आफ्ना ग्राहकहरु लाई सेवाउपलब्ध गराउन ललितपुरको कुमारीपाटीस्थित लब बिल्डिङमा स्मार्ट सेन्टर सुरु गरेको छ ।

उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध गराउनतथा स्मार्टका उत्पादन तथा अफरहरुको जानकारी दिन सेन्टर सुरु गरेको जानकारी स्मार्ट टेलिकमले दिएको छ । सेन्टरको सोमबार एक कार्यक्रमबीच स्मार्ट टेलीकमका अध्यक्ष सर्वेश जोशीले उद्घाटन गरेका छन् । सेन्टर मंगलबारदेखि सञ्चालनमा आउनेछ ।

स्मार्ट सेन्टरमा सेवासम्बन्धी समस्याको समाधानसहित नयाँ सिम, रिचार्ज कार्ड, हराएको, बिग्रेको सिम पुनः उपलब्ध गराउने तथा ग्राहकका जिज्ञाशा समाधान गर्ने लगायतका सेवा उपलब्ध हुनेछन् ।

स्मार्टले पुतलीसडक तथाभक्तपुरमासमेत छिटै स्मार्ट सेन्टर सञ्चालनको तयारी गरिरहेको जनाएको छ । तेश्रो ठूलो दुरसञ्चार सेवा प्रदायक संस्था स्मार्टले हालै काठमाडौं र पोखरामा सुरु गरेको फोर जी नेपालकै उत्कृष्ट र तीब्र गतीको भएको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment