Comments Add Comment

भ्रष्टाचार नियन्त्रणमा सबैको साथ आवश्यकः प्रमुख आयुक्त बस्न्यात

१४ पुस, महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले भ्रष्टाचार विरुद्ध आयोगले चाल्ने हरेक पाइलामा साथ दिन सबैमा आग्रह गरेका छन् ।

भ्रष्टाचाररहित नेपालको परिकल्पनालाई साकार पार्नको लागि आयोगको प्रयासमा सबै सरोकारवालाको सद्भाव, सहयोग र सहकार्य सधै आवश्यक रहेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको भवन शिलान्यास कार्ययक्रममा बोल्दै उनले यस्ततो बताएका हुन् ।

आयोगको बर्दिवास नगरपालिका ३ स्थित गौरीडाँडामा आयोगको प्रदेश नम्बर २ कार्यालयको प्रशासकीय भवनको एक कार्यक्रमकावीच प्रमुख आयुक्त बस्न्यातले शिलान्यास गरेका हुन् ।

प्रमुुख आयुक्त बस्न्यातले भ्रष्टाचारलाई शुन्यमा पुर्‍याउन नसकेपनि यसलाई सबैको प्रयासबाट कमी गराउन सकिने बताए ।

पछिल्लो समय आयोगलाई आधुनिकीकरण गर्दै लगिएकोले भ्रष्टाचारमा कमी आएपनि भ्रष्टाचार गर्नेहरुले बाटो फेरेको बताउँदै रकम लिनेदिने कार्य सीमापारी गएर समेत गर्ने गरेकोले भ्रष्टाचारीहरुले कुनै हालत उन्मुक्ति नपाउने बताए ।

आयोगले हरेक प्रदेशमा कार्यालय स्थापना गरी भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्ने समेत जानकारी दिए ।

आयोगको बर्दिवास नगरपालिका-३ स्थित गौरीडाडामा आयोगको भवन निमार्णको कुल लागत १३ करोड ९० लाख ६४ हजार रहेको र भवन निमार्ण कार्य दुई वर्ष भित्र सम्पन्न हुने लक्ष्य राखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment