Comments Add Comment

भूपूको गीतमा रमेश र संगीताको दुःख

अंग्रेजी नयाँ वर्ष २०१८ को सन्दर्भ पार्दै गायक भुपु पाण्डेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पाण्डेको ‘लीला’ बोलको गीतको म्यूजिक भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र संगीता राईलाई फिचरिङ गरिएको छ ।

गीतमा एउटी सुन्दर युवतीमाथि गरिएको एसिड प्रहार र यसबाट निम्तिएको पस्थितिलाई देख्न सकिन्छ । विनय ढुङ्गेलको शब्द तथा गायक स्वयमको संगीत रहेको गीतको भिडियोको निर्देशन सुन्दर लावोतीले गरेका छन् ।

झापामा छायाङ्कन गरिएको यस गीतको भिडियोलाई एल्बम ‘मायावी’ मा समावेश गरिने पाण्डेले बताए ।

अर्जुन सापकोटाले छायाङ्कन गरेको भिडियोको सम्पादन अर्जुन पोखरेलले गरेका छन् ।

हेर्नुस् भिडियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment