बिहीबार, ६ वैशाख, २०७५
OnlineKhabar.com

३ खर्ब डलरको बिजुलीको बिल आएपछि झण्डै बेहोस् !

अनलाइनखबर

तपाइँको घरमा बिजुलीको बिल कति उठ्छ ? हरेक महिना बिजुलीको बिल आउँदा तर्सिनु त परेको छैन नि ? एकजना अमेरिकी महिला चाहीँ बिजुलीको बिलका कारण झण्डै मुर्छा परिनन् ।

अमेरिकाको पेन्सिल्भेनियास्थित इरीकी बासिन्दा म्यारी होरोमान्स्कीले घरमा बालेको बिजुलीको झण्डै ३ खर्ब डलर बराबरको बिल आएपछि झसँग भइन् ।

बिजुलीको महशुल २ खर्ब ८४ अर्ब ४६ करोड डलर रहेको र उक्त रकम आगामी नोभेम्बर महिनासम्ममा तिर्नुपर्ने भनी बिजुली अड्डाबाट घरमा चिठी आएपछि उनी झण्डै ढलिनन् ।

‘बिल हेर्दा त मेरा आँखा झण्डै टाउकोबाट फुस्किएका । कतै हामीले क्रिसमस लाईट गलत ढंगले त बालेनौं भन्ने पो लाग्यो मलाई’, उनले भनिन् ।

तर धन्न उनको नाउँमा आएको त्यो बिलको रकम बिजुली अड्डाको गल्तीका कारण आएको थियो ।

वास्तवमा उनको बिजुलीको बिल जम्मा २ सय ८४ डलर ४६ सेन्टमात्र थियो । बिजुली अफिसले पछि भूलसुधार गरी त्यस्तो जानकारी गराएपछि मात्र उनको स्वास आयो ।

बिजुली अड्डाका प्रवक्ताले भुलबस खर्ब डलरको बिल उपभोक्ताकोमा पुगेको भन्दै गल्ती औंल्याइदिएकोमा धन्यवाद दिए ।

आफूले यसअघिसम्म कहिल्यैपनि त्यस्तो खर्ब डलरको बिजुलीको बिल देख्दा पनि नदेखेको र पहिलोपटक यस्तो घटना भएको उनले बताइन् ।

बीबीसी

२०७४ पुष २५ गते १७:४३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this