Comments Add Comment

पोखरामा महिन्द्राको मोजो ३०० बाइक सार्वजनिक


२७ पुस, पोखरा । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु  ह्वीलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले वहु प्रतिक्षित मोजो बाइक हालै पोखरामा आफ्नो आधिकारीक विक्रेता एसियन अटो मोबाइलस् मार्फत विक्री प्रारम्भ गरेको छ ।

यस बाइकलाई सफल राष्ट्रिय औद्योगिक व्यापार मेला सुभारम्भ गरिएको छ । यस मेला अवधिभर खरिद गर्नुहुने प्रथम केही ग्राहक हरुलाई अग्निमोटो इन्कले अफिसियल मोजो ज्याकेट प्रदान गरिने भएको छ । महिन्द्राको मोजोले आफ्नो उच्चक्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ ।

साहसिक, मजेदार पि्रडाटर स्टाइलिङ्ग सहितका मस्क्युलिन डिएनए भएको महिन्द्रा मोजोमा लिक्यिड कुल ३०० सिसि इन्जिन रहेको छ ।

ईएफआई सिलिन्डर इन्जिन जसले २७ बीपीएचको उच्चतम क्षमता तथा ३० एनएमको टर्क क्षमता प्रस्तुत गर्दछ ।

मोजोमा मा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड टि्रपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास-चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथनिर्माण गरिएको यो बाइले बाइकपारखीहरुलाई उच्चतम अनुभव प्रदानगर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment