Comments Add Comment

हिमालयन बैंकको २५ प्रतिशत बोनस शेयर

२८ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडको पच्चीसौं वाषिर्क साधारण सभा भएको छ । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्व ११ करोड ४५ लाख २९ हजार पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदन प्रस्तुत गरे ।

सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक कि्रयाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको र आगामी माघ ४ गते सफलतापूर्वक २५ वर्ष पूरा गर्ने जानकारी सभालाई दिए ।

अध्यक्ष श्री श्रेष्ठले २५ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे ।

उनले नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पुर्‍याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment