+
+

माओवादी केन्द्र सुर्खेतलेे भन्योः पार्टी एकता छिटो गर

राष्ट्रियसभामा सुर्खेतको प्रतिनिधित्व हुनुपर्ने माग

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ३० गते १७:३३

३० पुस, सुर्खेत । माअोवादी केन्द्र सुर्खेतले एमाले-माओवादी एकतालाई छिटो टुङ्गोमा पुर्‍याउन माग गरेको छ ।

आइतबार सम्पन्न भएको जिल्ला समिति बैठकले एकता प्रक्रिया छिटो टुङगोमा लगाउन माग गर्दै विचार, नेतृत्व र संगठनमा सम्मानजनक एकता हुनुपर्ने निर्णय गरेको छ ।

साथै बैठकले आगामी माघ २४ गते हुने राष्ट्रिय सभा चुनावमा माओवादी केन्द्र सुर्खेतबाट प्रतिनिधित्व गराउन माग गर्ने निर्णय गरेको छ ।

सुर्खेत, मुगु र दैलेखबाट माओवादीको प्रतिनिधिसभामा प्रतिनिधित्व नभएको भन्दै यी जिल्लाहरुबाट राष्ट्रियसभामा प्रतिनिधित्व गराउनु पर्ने माग गरिएको प्रचारविभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।

जिल्ला संयोजक कृष्ण जिसीको अध्यक्षतामा बसेको बैठकमा पोलिटव्यूरो सदस्य पुष्पा घर्ती र नरबहादुर विष्टको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?