Comments Add Comment

दोधारमा ‘माग्ने बुढा’

हास्यँ कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अहिले दोधारमा छन् । करिअर बनाउन भन्दै २५ वर्ष अघि काठमाडौ आएका घिमिरे काठमाडौ बस्ने कि हेटौंडा जाने दोधारमा छन् । ‘अहिले दोधारमा छु, काठमाडौ बसौं कि हेटौडा जाउँ ।’ उनले भने ।

राम्रो कलेज पढ्न पाइने, राम्रो जागीर खान पाइने भन्दै २५ वर्ष अघि उनी काठमाण्डौ आएका थिए । हेटौंडाको ठिंगनमा जन्मिएका घिमिरेले काठमाडौ आए लगत्तै धेरै प्रकारका काम गरे । तर, कुनै कामले पनि सन्तुष्टि दिन सकेन । जर्बजस्ती कलाकारितामा धकेलिएको धारणा राख्ने घिमिरे अभिनयबाट भने सन्तुष्ट भएको बताउँछन् ।

काठमाडौ आए लगत्तै फुटपाथमा पसल राखेँ, सरकारले हटाईदियो । त्यसपछि कलंकीमा सटरमा पसल राखेँ । त्यो पनि रहेन । कलंकी नागढुंगा सडक बिस्तारको क्रममा सटरै गयो । अब भएन भन्दै मिटरवाला टेम्पो किने । तीन वर्षसम्म टेम्पु ड्राइभर भएर हिँडे । टेम्पुलाई पनि सरकारले काठमाण्डौंमा राख्न हुन्न भन्यो र हटाइदियो ।

त्यसपछि उनको गन्तब्य बन्यो कलाकारिता । हाँस्य क्षेत्रमा उनले नाम र दाम आर्जन गरिरहेको वेला सरकारले फेरि तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौडालाई तोकिदिएको छ । काठमाण्डौकै राजधानी हेटौंडा भएपछि म के गरौं ? उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment