Comments Add Comment

टाटाले गर्‍यो टियागो र टिगोरको माइलेज टेष्ट क्याम्प

१० माघ, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले डाइन्यामिक ह्याच्ब्याक टियागो र स्टाईलब्याक टिगोरका लागि माइलेज टेष्ट क्याम्प सम्पन्न गरेको छ ।

उक्त मालेज टेष्टका क्रममा सहभागीहरुले जावलाखेल, सुन्धारा, लैन्चौर, महाराजगंज, बुढानिलकण्ठ, बालुवाटार, नक्साल, ज्ञानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर हुँदै धुलिखेलसम्म करिब ६० किलोमिटर भन्दा बढीकोे यात्रा तय गरे ।

शनिबार सम्पन्न उक्त प्रतिस्पर्धामा आत्मराम ढकालले टियागोमा २३.१७ किमि प्रति लिटर को सर्वाधिकमा इलेज प्राप्त गरी विजयी भए भने विश्वराज पंगेनी २१.८६ किमिप्रति लिटरका साथ उप-विजेता बन्न सफल भए ।

त्यसैगरी सेडानको वर्गमा भरत शर्मा पौडेलले टाटा टिगोरमा सर्वाधिक २१.८ किमि प्रतिलिटरको माइलेज प्राप्त गरी विजयी भए ।

दुवै वर्गका विजयीहरुलाई १ वर्षसम्मको फ्री इन्धनबाट सम्मानित गरिएको थियो भने टियागोका उप-विजेतालाई ९ महिनासम्मको फ्री इन्धन उपहार स्वरुप उपलब्ध गराइनेछ ।

सिप्रदी टे्रडिङ्ग प्रालिका सिइओ राजनबाबु श्रेष्ठ र टाटा मोटर्स्का कन्ट्री म्यानेजर अजितनारायण सिंहले संयुक्त रुपमा यस माइलेज टेष्ट क्याम्पलाई झण्डा फर्फराई शुरुवात गरे ।


यो कार्यक्रममा ३० जनाभन्दा बढी टियागो तथा टिगोरका गौरवान्वित चालकहरुको सहभागिता रहेको थियो ।

उक्तअवसरमा टाटा मोटर्स्का कन्ट्री म्यानेजर श्री अजितनारायण सिंह भने, “हाम्रो उत्पादनहरुले यति राम्रो प्रदर्शन गरेर ग्राहकहरुको आकांक्षा पूरा गर्न सकेकोमा हामी निकै खुसी छौं । हाम्रो उत्पादनहरुमा हामीले सधैं क्वालिटी र प्रभावकारी माइलेजलाई नै प्राथमिकता दिँदै आएका छौं र आज सम्पन्न यस माइलेज टेष्ट क्याम्पले हाम्रो उत्पादन प्रतिको हाम्रो प्रतिबद्धतालाई सावित गरेको छ ।”

यस्तै सिप्रदी टे्रडिङ्ग प्रालिका सिइओ भने,”यस अवसरमा हामीले हाम्रो ग्राहकहरुलाई अझ बुझ्ने मौका पाएका छौं । यस्तो इभेन्ट आयोजनाले हाम्रो र ग्राहकबीचको नाता थप प्रगाढ हुने कुरामा हामी विश्वास राखेका छौं, यसका साथै ग्राहकहरुको चाहनालाई ध्यानमा राखी अझ उत्कृष्ट तथा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । ”




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment