Comments Add Comment

यू-१९ विश्वकप क्रिकेटको उपाधी भारतले जित्यो, अष्ट्रेलिया ८ विकेटले पराजित

भारतको जितमा मनजोत कालाराले १०१ रनको योगदान गरे । तस्वीर: बीसीसीआई

२१ माघ, काठमाडौं । अष्ट्रेलियालाई ८ विकेटले हराउँदै भारतले अन्डर-१९ विश्वकप क्रिकेटको उपाधी जितेको छ । भारतले वर्ल्ड कप जितेको यो चौथो पटक हो । यसअघि सन् २०००, २००८ र २०१२ मा मा पनि उपाधि जितेको थियो ।

न्यूजिल्याण्डको ओवलमा टस जितेर अस्ट्रेलियाले पहिले व्याटिङ गरेको थियो । तर उसले ४७ ओभर २ बलमा अलआउट हुँदै २१७ रनको लक्ष्य प्रस्तुत गर्‍यो ।

बलिङतर्फ भारतका इशान पोरेल, शिवा सिंह, कमलेश नगरकोटी र अनुकुल रायले दुई-दुई विकेट लिए ।

भारतले २१७ रनको लक्ष्य ३८ ओभर ५ बलमा दुई विकेट गुमाएर भेटायो । भारतको जितमा मनजोत कालराले शतकीय पारी खेल्दै १०१ रन बनाए । १०२ बलको सामना गरेका उनले ८ चौका र ३ छक्काको मद्दतमा १०१ रनमा नटआउट रहे ।

भारतीय क्रिकेट काउन्सीलले विजेता खेलाडीहरुलाई पुरस्कार दिने घोषणा गरेको छ । टिम कप्तान राहुल द्रविडलाई ५० लाख र टिमका अन्य खेलाडीहरुलाई ३०-३० लाख रुपैयाँ दिने घोषणा काउन्सीलले गरेको छ । सपोर्ट स्टाफका हरेक सदस्यहरुले २०-२० लाख पाउने छन् ।

अष्ट्रेलियाले यसअघि १९८८, २००२ र २०१० मा विश्वकपको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment