Comments Add Comment

कुमारी बैंकले १ अर्ब १९ करोड रुपैयाँको हकप्रद दिने, औसतभन्दा कमजोर रेटिङ


२५ माघ, काठमाडौं । कुमारी बैंकले २० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

बैंकले एक सय अंकित मूल्यको दरमा हकप्रद जारी गरेर १ अर्ब १९ करोड रुपैयाँ उठाउने भएको हो । यससँगै बैंकको चुक्ता पुँजी ७ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको पुँजी पुग्न ८४ करोड अपुग छ । बैंकको रिटेन अर्निङ (सञ्चितीमा)मा ६२ करोड रहेको छ ।

यसअघि काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास, काँक्रेबिहार विकास, पश्चिमाञ्चल फाइनान्सलाई कम्पनीले एक्वायर गरेको थियो ।
कम्पनीको हकप्रदलाई इक्रा नेपालले ग्रेड फोर प्लस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

सकारात्मक पक्ष

लामो अवधिदेखि सञ्चालनमा ( सन् २००१ देखि )

पर्याप्त सञ्जाल

पुँजीकरणको अवस्था सहज

खुद्रा र साना तथा मझौला केन्द्रीत हुँदै (सन् २०१६ मा ५० प्रतिशतले वृद्धि)

नकारात्मक पक्ष

चार वर्षमा समग्र बैंकिङ क्षेत्रको कर्जा विस्तार २३ प्रतिशतले बढ्दा कम्पनीको १४ प्रतिशतको वृद्धि

ऋण भुक्तानीमा भइरहेको ढिलाई, खराब कर्जामा वृद्धि

समग्र क्षेत्रले ४३ प्रतिशत बराबरको पुँजी कम लागतको पाइरहेकोमा बैंकमा यस्तो पुँजी ३२ प्रतिशतमा सिमित

३० प्रतिशत निक्षेप २० ठुला ग्राहकबाट (केन्द्रीकरण)

नेटवर्थमा प्रतिफल १२ प्रतिशत (समग्र क्षेत्रको १९ प्रतिशत)

पुँजी लागत बढिरहेकोले खुद मुनाफा मार्जिन ३.२० प्रतिशतबाट घट्दै २.२७ प्रतिशतमा सिमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment