Comments Add Comment

शीतकालीन ओलिम्पिक्स सुरु

अमेरिकी उपराष्ट्रपति र किम जोङ उनकी बहिनी अामनेसामने, तर खुलेनन्

२७ माघ, काठमाडौं । शीतकालीन ओलम्पिकको २३ औं संस्करण सुरु भएको छ । दक्षिण कोरियामा शुक्रबार आयोजित एक समारोहका बीच यसको औपचारिक उदघाटन गरियो ।

उदघाटन समारोहमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स, उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनकी बहिनी किम यो जोङलगायतको सहभागिता रहेको थियो ।

उत्तर र दक्षिण कोरियाको तनावपूर्ण सम्बन्धका बीच हुन लागेको प्रतियोगिताले सम्बन्ध सुधारमा सेतुको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

उदघाटन समारोहमा उत्तर र दक्षिण कोरियाका दर्जनौं खेलाडीहरूले सँगसँगै मार्च गरेका थिए। दुई कोरियाका खेलाडीहरू संयुक्त झण्डामुनि रंगशाला प्रवेश गर्दा दर्शकहरुले स्वागत गरेका थिए।

रात्रिभोज बहिष्कार


दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले प्युअंगचांगमा उदघाटन समारोह अघि अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उत्तर कोरियाका राष्ट्र प्रमुख किम योंग–नामलाई रात्रिभोजमा निम्त्याएका भए पनि पेन्सले ५ मिनेटमै भोजस्थल छाडेका थिए ।

राष्ट्रपति मून र जापानी प्रधानमन्त्री शिन्जो आबे दुवैले उत्तर कोरियाली राष्ट्र प्रमुखसंग हात मिलाएका थिए भने उपराष्ट्रपति पेन्सले त्यसो नगरेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन्।

सो रात्रीभोजका अवसरमा राष्ट्रपति मूनले यो शीतकालिन ओलिम्पिक्सलाई उनकै शब्दमा शान्तिको आरम्भ भएको दिनका रुपमा स्मरण गरिने बताए ।

प्योंगयांगले यो ओलिम्पिक्समा २२ जना खेलाडीका अतिरिक्त ४०० जना भन्दा बढी सहभागी पठाएको छ, जसमा खेलाडीहरुलाई हौस्याउने चियर लिडरहरु र वाद्यवादन समूह पनि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment