+
+
Shares

राष्ट्रियसभामा सरकारको मनोनयन राष्ट्रपतिले अस्वीकार गर्न मिल्दैन : मन्त्री बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १ गते १५:३४

१ फागुन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारले राष्ट्रियसभा सदस्यमा गरेको ३ जनाको मनोनयन राष्ट्रपतिले अनुमोदन गर्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा मन्त्री बस्नेतले सरकारले राष्ट्रियसभामा मनोनित गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइसकेको जानकारी दिँदै उक्त नाम अनुमोदन हुने दाबी गरे ।

उनले प्रधानमन्त्रीले गरेका सिफारिलाई राष्ट्रपतिले अस्वीकार गर्नै नमिल्ने जिकिर गरे । ‘यदि प्रधानमन्त्रीले संविधानसम्मत रुपमा गरेका सिफारिसहरुलाई राष्ट्रपतिले अस्वीकार गर्नुभयो भने यो त क्याविनेट प्रणालीमाथिको प्रश्न हो नि, मलाई विश्वास छ, राष्ट्रपतिले नाम अनुमोदन गर्नुहुन्छ’ उनले भने ।

मन्त्री बस्नेतले एमाले अध्यक्ष ओलीसहित कतिपय शीर्ष नेताहरुले सरकारले गरेका निर्णयहरु अब बन्ने सरकारले नमान्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए ।

‘एमाले अध्यक्ष केपी शर्मा ओलीले हामीले गरेको मनोनित मान्दैनौं भनेको सुनियो, पार्टीको बैठकले वा मुखले आफू अनुकुल भनेर हुँदैन नि, लहडमा बोल्ने काम हिजो पनि भएको थियो, हामीले त संविधान अनुसार काम गरिरहेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?